५ मुलुकमा कार्यरत आवासीय राजदूतलाई भदौ १५ भित्र फिर्ता बोलाउने सरकारको निर्णय – Nepal Press

५ मुलुकमा कार्यरत आवासीय राजदूतलाई भदौ १५ भित्र फिर्ता बोलाउने सरकारको निर्णय

काठमाडौं । सरकारले विभिन्न ५ मुलुकमा कार्यरत नेपाली आवासीय राजदूतलाई आगामी भदौ १५ गतेसम्म्म फर्किसक्ने गरी फिर्ता बोलाउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मित्र राष्ट्र चीन, अष्ट्रेलिया, रुसी महासङ, दक्षिण अफ्रिका र श्रीलंकामा कार्यरत नेपाली आवासी राजदूतलाई उक्त पदको जिम्मेवारीबाट मुक्त हुनेगरी भदौ १५ गतेभित्र नेपाल फर्किसक्ने गरी फिर्ता बोलाउने निर्णय गरेको हो ।

सोमबार बसेकै बैठकले ति मुलुकका लागि आवासीय नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गरिसकेको छ । जसमा चीनका लागि प्रा.डा.कृष्णप्रसाद ओली, अष्ट्रेलियाका लागि कान्ता रिजाल, रुसी महासङका लागि जंगबहादुर चौहान, दक्षिण अफ्रिकाका लागि प्रा.डा.कपिलमान श्रेष्ठ र श्रीलंकाका लागि रामकृष्ण भट्टराई नियुक्तिका लागि सिफारिस भएका हुन् ।

बैठकले चिकित्सा शिक्षा आयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगत चालू आर्थिक वर्ष २०८१–०८२ का लागि राजपत्रांकित श्रेणी वा सो सरहका ५९ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *