मिडिया ट्रायलबाट बच्न सुझाव दिँदै गृहमन्त्री लेखकलाई रविले सुनाए यस्ता अनुभव (भिडिओ) – Nepal Press

मिडिया ट्रायलबाट बच्न सुझाव दिँदै गृहमन्त्री लेखकलाई रविले सुनाए यस्ता अनुभव (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले मिडिया ट्रायल गृहमन्त्रालयको लागि घातक हुने टिप्पणी गरेका छन् ।

बुधबार गृहमन्त्री रमेश लेखकसमेत उपस्थिति भएको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले आफ्नो अनुभव सुनाएका हुन् । सभापति लामिछानेले मिडिया ट्रायलबाट गृह प्रशासनको मनोबल गिराउने काम हुने भएकाले त्यसतर्फ सचेत भएर काम गर्न पनि गृहमन्त्री रमेश लेखकलाई सुझाव दिए ।

उनको भनाइ यस्तो थियो

मिडिया ट्रायल गृह मन्त्रालयको लागि घातक छ । मन्त्रीज्यू बच्नुहोला । हुनत: तपाईँलाई माया गर्नेहरु अलि बढी छन् । मैले त खरो भएर होला सकिनँ । तपाईँ सक्नुहोला । मिडिया ट्रायललाई यो संगठनलाई जोगाउनुस् । संगठनको एउटा मान्छे आईजी हुने हो । अब प्रतिष्पर्धी अरुले मिडिया ट्रायल गराएर काम अघि बढाउन नदिन यति धेरै कोसिस हुन्छ कि बिजोग डट कम, कन्तविजोग डटकम, हरिबिगोज डटकमका न्युजहरू ह्वाट्सएपमा पठाएको छ । छातिभरी फुली नै फुली छ । मिडियाले थुरुरु कमाइदिएको छ । यो प्रहरी संगठनका लागि ठूलो समस्या बनेको छ । अहिले पनि मिडिया ट्रायल भएको छ । पहिला यो गर भनिदिन्छ । माहौल बनाउने काम गर्छ । भएन भने विज्ञको इन्टरभ्यु पनि राखिदिन्छ । पहिला यस्तो देखिन आयो भनिदिन्छ । त्यसपछि यस्तो भयो भने खराब हुन्छ भनिदिन्छ । त्यसपछि विज्ञको ओपनियन हालिदिन्छ । तेस्रो दिन सम्पादकीय हाल्छ । त्यसरी तपाईँलाई ट्रायल क्रियट गरिदिन्छ । र, त्यसले प्रहरी प्रशासनको मनोबल गिराउने काम भएको छ । प्रहरी सक्षम छ, क्षमतावान छ । अब तपाईँहरूसँग तागत पनि छ, साहस पनि छ । प्रहरीलाई आफ्नो काम गर्न दियो भने उसले सम्पूर्ण चिजको छानबिन गर्न सक्छ । सम्पूर्ण चिजलाई अगाडि बढाउन सक्छ । राजनीतिमा लामो अनुभव गर्नुभएको गृहमन्त्री हुनुहुन्छ । मैले केही कोसिसहरू अवश्य पनि गरेको हुँ । धेरै गर्ने ठाउँ विभिन्न कारणले थिएन । तर, एउटा इमान्दार प्रयास अवश्य पनि गरेको हुँ । मलाई विश्वास छ-ती राम्रा कामहरुको निरन्तरता यहाँहरुले दिनुहुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर