ब्रिटिश गोर्खा कलेजलाई उत्कृष्ट शैक्षिक गन्तव्यको लक्ष्यसहित अघि बढाइने – Nepal Press

ब्रिटिश गोर्खा कलेजलाई उत्कृष्ट शैक्षिक गन्तव्यको लक्ष्यसहित अघि बढाइने

नवआगन्तुक विद्यार्थीलाई गरियो स्वागत

काठमाडौं । काठमाडौंको बाँसबारीमा रहेको ब्रिटिश गोर्खा कलेजले नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ ।

नयाँ शैक्षिक सत्रका लागि भर्ना भएका विद्यार्थीलाई एक कार्यक्रमबीच स्वागत गरिएको हो । स्वागत कार्यक्रममा कलेजको आचार संहिता, वार्षिक कार्ययोजनाबारे जानकारी दिइएको थियो । प्रिन्सिपल हिमालशेर राईको अध्यक्षतामा भएको कार्यक्रम भाइस-प्रिन्सिपल श्यामकृष्ण बलले सहजीकरण गरेका थिए ।

कलेजका सञ्चालक शरणकुमार राईले यसै शैक्षिक सत्रबाट कलेजलाई नयाँ व्यवस्थापनसहित सुधार गरेर लैजाने बताएका थिए । उनले गुणस्तरीय नागरिक उत्पादनमा अब्बल र उदाहरणीय शैक्षिक संस्थाको परिचय बनाउने गरी सम्पूर्ण जनशक्ति परिचालन गरिने बताए ।

प्रिन्सिपल हिमालसेर राईले यो शैक्षिक कार्यक्रमको कार्ययोजना र आचारसंहिता कोअर्डिनेटर बुद्धप्रसाद तामाङ्गले प्रस्तुत गरे ।

प्लस टुमा मानविकी, व्यवस्थापन र विज्ञान साथै बीए र बीबीएसको पठनपाठन हुँदै आएको कलेजमा अहिले साढे ४ सयको हाराहारीमा विद्यार्थी पढिरहेका छन् । व्यवस्थापन शंकायमा होटल मेनेजमेन्ट र कम्प्युटर साइन्स पनि पढाइन्छ ।

५० जना भूपू लाहुरेहरूको अगुवाइमा आफ्ना र नातागोताका सन्तानलाई असल शिक्षाका २४ वर्षअघि यो कलेज स्थापना गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *