सरुवा हुन चाहने कर्मचारीलाई निवेदन दिन सामान्य प्रशासन मन्त्रालयको आग्रह – Nepal Press

सरुवा हुन चाहने कर्मचारीलाई निवेदन दिन सामान्य प्रशासन मन्त्रालयको आग्रह

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा हुन चाहने कर्मचारीलाई निवेदन दिन आग्रह गरेको छ । मन्त्रालयले बुधबार सूचना प्रकाशित गर्दै एक मन्त्रालय, निकाय वा अर्को कार्यालयमा सरुवा हुन चाहने उपसचिव तहसम्मका कर्मचारीले इच्छाएको ठाउँ उल्लेख गरेर निवेदन दिन अनरोध गरेको हो ।

सूचनामा निजामती ऐन २०४९ तथा नियमावली २०५० अनुसार मन्त्रालय वा मन्त्रालय स्तरको केन्द्रीय निकाय वा विभागले प्रत्येक वर्षको असोज १५ गतेसम्म सरुवा गर्ने उल्लेख छ ।

त्यस्तै क्षेत्रीय स्तरका निकायले असोज १६ देखि मसान्तसम्म सरुवा गर्ने नियमावलीमा व्यवस्था गरिएको छ । त्यसै व्यवस्था अनुसार मन्त्रालयले बुधबार सूचना प्रकाशित गरेर निवेदन माग गरेको संघीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखा प्रमुख समेत रहेका उपसचिव कमल भट्टराइले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *