पेरिस ओलम्पिक २०२४ : पदक तालिकामा चीन अगाडि – Nepal Press

पेरिस ओलम्पिक २०२४ : पदक तालिकामा चीन अगाडि

काठमाडौं । फ्रान्सको पेरिसमा जारी ओलम्पिक २०२४ मा हालसम्म ६२ वटा स्वर्ण पदकको छिनोफानो भएको छ । पछिल्लो तालिकाअनुसार यसियाली देशहरुले आफुलाई अब्बल प्रमाणित गरिरहेका छ्न् ।

ताजा अंक तालिकाअनुसार यसियाली देश चीन पहिलो स्थानमा उक्लिएको छ भने जापान पदक तालिकाको दोश्रो स्थानमा छ । दक्षिण यसियाबाट भारतले दुइवटा मात्र काश्य जितेको छ ।

हालसम्म ८ स्वर्ण, ६ रजत र २ काश्य सहित १६ पदक जितेर चीन पहिलो स्थानमा छ । दोश्रो स्थानको जापानको ७ स्वर्ण, २ रजत र ४ काश्य गरि १३ पदक छ । तेस्रो स्थानमा आयोजक फ्रान्स छ । उसको ६ स्वर्ण, ५ रजत र ९ काश्य गरि २० पदक छ ।

चौथोमा ग्रेट ब्रीटेन उक्लिएको छ । ब्रीटेनले ६ स्वर्ण, ६ रजत र ५ काश्य पदक गरि १६ पदक पुर्याउदा पाचौंमा रहेको अष्ट्रेलियाको ६ स्वर्ण, ४ रजत र २ काश्य गरि १२ पदक छ । छैठौंमा दक्षिण कोरिया, सातौमा अमेरिका, आठौंमा इटाली! नवौंमा क्यानडा र दशौमा ग्रीस छ ।

यी बाहेक हङकङ, काजकिस्तान, साउथ अफ्रिका, बेल्जियम, अजरबैजान, रोमानिया, आयरल्यान्ड, उज्बेकिस्तान, स्लोभानिया, न्युजिल्यान्ड र सर्वियाले स्वर्ण पदक जित्न सफल भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर