टीआरसी विधेयकमा सहमति जुटाउन गठित संयन्त्रको बैठक गृहमन्त्रालयमा सुरु – Nepal Press

टीआरसी विधेयकमा सहमति जुटाउन गठित संयन्त्रको बैठक गृहमन्त्रालयमा सुरु

काठमाडौं । सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सहमति जुटाउन गठित संयन्त्रको बैठक सिंहदरबारस्थित गृह मन्त्रालयमा सुरु भएको छ ।

सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकको विषय टुंगो लगाउन संयन्त्रका सदस्यसहित सरोकारवाला निकायका पदाधिकारीसहित सम्मिलित बैठक केही बेर अघि सुरु भएको हो ।

बैठकमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जनार्दन शर्मा संयन्त्रमा छन् ।

त्यसका साथै बैठक कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया र संसदको कानून, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदी लगायतको सहभागिता रहेको छ । यसअघि गृह मन्त्रालयमा संयन्त्रको बैठक बसेर विधेयकमाथि सहमतिको जुटाउने विषयमा छलफल भएका थिए ।

आजको बैठकमा पूर्वकानून मन्त्री ध्रुवबहादुर प्रधान, नेपाली सेनाका उपरथी जीवन प्रसाद दाहाल लगायतको पनि सहभागिता रहेको छ ।

बैठकमा विधेयक सम्बन्धी सहमति जुटाउन बाँकी बुँदामा छलफल हुने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर