लघुवित्त संस्थाहरुलाई पनि राष्ट्र बैंकको राहत, असल वर्गको कर्जामा १.१ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्दा हुने – Nepal Press

लघुवित्त संस्थाहरुलाई पनि राष्ट्र बैंकको राहत, असल वर्गको कर्जामा १.१ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्दा हुने

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूले पनि असल वर्गमा वर्गीकरण भएको कर्जामा १.१ प्रतिशत मात्रै कर्जा नोक्सानी व्यवस्था गर्दा हुने भएको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यान्वयनका लागि निर्देशिका जारी गर्दै लघुवित्तलाई पनि असल वर्गको कर्जामा १.१ प्रतिशत मात्र कर्जा नोक्सानी व्यवस्था गर्नै सकिने बनाएको छ ।

यस अघि यस्तो वर्गको कर्जामा १.३ प्रतिशत कर्जा नोक्सानी व्यवस्था थियो । तर सूक्ष्म निगरानीमा (५ प्रतिशत), कमशलमा (२५ प्रतिशत), शंकास्पदमा (५० प्रतिशत) र खराब कर्जामा (१०० प्रतिशत) कायम राख्नुपर्ने पुरानै कर्जा नोक्सानी व्यवस्थापनलाई कायम गरिएको छ ।

यता बैंक तथा वित्तीय संस्थाले असल वर्गमा वर्गीकरण भएको कर्जामा १.१ प्रतिशत मात्र कर्जा नोक्सानी व्यवस्था गर्न पाउँछन् । गत शुक्रवार सार्वजनिक मौद्रिक नीतिलाई कार्यान्वयन गर्न निर्देशन संशोधन गर्दै नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

यसअघि असल वर्गमा वर्गीकरण भएको कर्जामा १।२ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने व्यवस्था थियो ।

१ वर्षभन्दा बढी ग्रेस अवधि भएका ऊर्जा लगायतका पूर्वाधार निर्माणसँग सम्बन्धित परियोजनाहरूमा प्रवाहित असल कर्जाको ग्रेस अवधिसम्म प्रत्येक वर्ष समानुपातिक रूपमा कर्जा नोक्सानी व्यवस्था गरी अन्तिम वर्ष १.१० प्रतिशत सामान्य कर्जा नोक्सानी व्यवस्था कायम गर्न सकिने केन्द्रीय बैकले जनाएको छ ।

यस्तै, चालु पुँजी कर्जा मार्गदर्शनमा रहेको भेरियन्ससम्बन्धी व्यवस्था २०८२ साउनदेखि मात्रै लागू हुने भएको छ । यसअघि उक्त व्यवस्था २०८१ साउनदेखि लागू हुनुपर्ने भनिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *