रुसले सुरु गर्यो तेस्रो आणविक अभ्यास (भिडिओ)
काठमाडौं । रुस युक्रेन युद्धको दौरानमा रुसले आणविक अभ्यास सुरु गरेको छ । यो अभ्यासमा प्रयोग भएका आणविक हतियारलाई रुसले गैर रणनीतिक आणविक हतियार भनेर व्याख्या गरेको छ ।
रुसी विश्व च्यानल आरटीका अनुसार रुसको रक्षा मन्त्रालयले यस्तो अभ्यास सुरु भएको जानकारी बुधवार सार्वजनिक गरेको हो ।
रुसको मध्य तथा दक्षिणी सैन्य क्षेत्रका एरोस्पेस क्षेत्रमा सैनिकहरू अभ्यासमा सहभागी भएका छन् । नेटोले रुसी सीमासम्म बढाएको बिस्तार तथा युक्रेनमा गरेको सैन्य सहयोगको प्रतिक्रियामा यस्तो अभ्यास सुरु गरेको रुसी दाबी छ ।
तालिममा रुसी सैनिकहरूले आस्कन्दर–एम मिसाइल प्रयोगको अभ्यास गर्नेछन् । रुसले यो अभ्यासको घोषणा मे महिनामा गरेको थियो ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत महिना रुसको राष्ट्रिय सुरक्षा प्रमुखले अस्त्र आणविक हतियार भएको भन्दै यसको विकासमा जोड दिएका थिए ।