कोशीमा एक हजार युवालाई रोजगारी दिने गरी सम्झौता – Nepal Press

कोशीमा एक हजार युवालाई रोजगारी दिने गरी सम्झौता

विराटनगर । निक्षेप तथा कर्जा सुरक्षण कोष काठमाडौं र कोशी प्रदेश सरकारबीच विभिन्न उद्यमशीलता र रोजगारमूलक कार्यक्रम गर्ने विषयको समझदारीपत्रमा बिहीबार हस्ताक्षर भएको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा कोषका कार्यकारी अधिकृत रमेशकुमार घिमिरे र मुख्यमन्त्री कार्यलयका उपसचिव अर्जुनकुमार निरौलाले उक्त सहमति पत्रमा हस्ताक्षर गरे । यो समझदारीपछि कोशी प्रदेशका नागरिकलाई उद्यमशीलताको विकास र रोजगार सिर्जना गर्न सहयोग पुग्ने बताइएको छ । कक्षा १२ उत्तीर्ण करिब एक हजार युवालाई तालीम दिई अनलाइन रोजगारी यसै वर्ष दिने प्रदेश सरकारको योजना छ ।

यो समझदारीले सर्वसुलभ कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई प्रोत्साहित गर्ने समझदारी पत्रमा उल्लेख्य छ । मुख्यमन्त्री कार्कीले यो समझदारीले प्रदेशमा रोजगारी सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास जनाए । नयाँ समझदारीका साथ अघि बढ्दा प्रदेशको विकास र रोजगारीमा समेत टेवा पुग्ने उनको भनाइ छ ।

प्रमुख सचिव केदारनाय शर्माले यो समझदारीले नागरिकका अपेक्षा पूरा गर्न सहयोग गर्ने बताउँदै आगामी दिनमा प्रदेशमा नयाँ काम गर्न सहज हुने बताए । कार्यक्रममा कोषका कार्यकारी अधिकृत रमेशकुमार घिमिरेले कोशी प्रदेशमा युवा रोजगार, घरेलु उद्योग विकास र उधमशिलता विस्तारलाई समझदारीले नयाँ ढोका खोलेको बताए ।

मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डाक्टर मोहन सुवेदीले कोशी प्रदेशमा करिब एक हजार रोजगारी सिर्जना गर्ने गरी यो समझदारी गरिएको जानकारी दिए । चाँडै नै रोजगारीका लागि मन्त्रालय तहमा समझदारी गरेर अघि बढ्ने उनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर