अमेरिकी कम्पनी उबर र चीनको विद्युतिय गाडी उत्पादक बिवाईडीको एक लाख गाडी खरिद गर्ने सम्झौता – Nepal Press

अमेरिकी कम्पनी उबर र चीनको विद्युतिय गाडी उत्पादक बिवाईडीको एक लाख गाडी खरिद गर्ने सम्झौता

काठमाडौँ । गाडी सेवा प्रदायक उबर र चिनियाँ विद्युतिय गाडी निर्माता बिवाईडीबीच सम्झौता भएको छ । बेलायती प्रशारक बीबीसीका अनुसार सम्झौताको आधारमा उबरले एक लाख गाडी खरिद गर्नेछ । आफैँ गाडी खरिद नगर्ने उबरले यस्तो खरिदमा चालकहरुलाई प्रोत्साहन गर्नेछ ।

प्रोत्साहन अन्तर्गत पेट्रोलियम पदार्थबाट चल्ने सवारी छोडेर विद्युतिय गाडी खासगरि बिवाईडी खरिद गरेमा मर्मत, चार्जिङ, फाइनान्सिङ र लिजिङ सेवाहरु पर्नेछन् । अमेरिकी कार कम्पनी टेस्लाको प्रमुख प्रतिस्पर्धी बिवाईडीसँग अमेरिकी कम्पनीले नै यस्तो सम्झौता गरेपछि यसको चर्चा बढेको छ ।

सम्झौता अनुसार ल्याटिन अमेरिका, यूरोप, पश्चिम एसिया, क्यानडा, अष्ट्रेलिया तथा न्यूजिल्याण्डमा क्रमशः गाडीहरु गुड्नेछन् । विश्वमा विद्युतिय गाडीको बिक्रिको गति कम भएको तथा अमेरिका अनि यूरोपेली संघको आयात कर बढाएको समयमा यस्तो सम्झौता सार्वजनिक भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर