प्रधानमन्त्री ओलीकाे पहिलो विदेश भ्रमण थाइल्याण्डमा हुने, भदौ तेस्रो साता जाने – Nepal Press

प्रधानमन्त्री ओलीकाे पहिलो विदेश भ्रमण थाइल्याण्डमा हुने, भदौ तेस्रो साता जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रथम विदेश भ्रमण थाइल्याण्ड हुने देखिएको छ । आगामी भदौ तेस्रो सातामा थाइल्याण्डमा बिम्सटेक राष्ट्रहरुको शिखर सम्मेलनमा सदस्य राष्ट्रको कार्यकारी प्रमुखको रुपमा प्रधानमन्त्री ओली थाइल्याण्ड जाने भएका छन् ।

प्रधानमन्त्री भ्रमण तयारी परराष्ट्र मन्त्रालयले थालिसकेको बताइएको छ । थाइल्याण्डको अंग्रेजी अखबार बैंङकक पोस्टका अनुसार यही सेप्टेम्बर ४ र ५ मा बिम्सटेक शिखर सम्मेलन हुनेछ । उक्त सम्मेलन छैटौँ शिखर सम्मेलन हुनेछ ।

बिम्सटेकको स्थापना घोेषणा भएको देश थाइल्याण्डमा हुने उक्त सम्मेलनमा नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका, थाइल्याण्ड सदस्य राष्ट्र छन् । सन् १९९७ जुन ६ मा बैङ्कक घोषणापत्र जारी गरेर स्थापना भएको २७ वर्ष पुरानो बिम्सटेकमा नेपाल संस्थापक देश भने होइन । नेपाल सन् २००४ मा मात्रै बिम्सटेकमा प्रवेश भएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर