ग्लोबल आइएमई र गल्फ एक्सचेन्जबीच सम्झौता, गल्फ एक्सचेन्जकाे एपबाट ग्लोबल रेमिटमा पैसा पठाउन सकिने – Nepal Press

ग्लोबल आइएमई र गल्फ एक्सचेन्जबीच सम्झौता, गल्फ एक्सचेन्जकाे एपबाट ग्लोबल रेमिटमा पैसा पठाउन सकिने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र कतारमा अवस्थित गल्फ एक्सचेन्ज कम्पनीबिच कतारबाट नेपालमा सहज रुपमा रेमिटेन्स पठाउनेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार रोजगारको सिलसिलामा कतारमा रहनुभएको नेपालीहरुले गल्फ एक्सचेन्जको १७ वटा शाखा तथा गल्फ एक्सचेन्जको रेमिटेन्स एपबाट ग्लोबल रेमिट मार्फत सहज रुपमा नेपालमा रेमिटेन्स पठाउन सक्नेछन ।

यसरी ग्लोबल रेमिटमार्फत पठाएको रकम ग्लोबल आइएमई बैंकको सम्पूर्ण शाखा कार्यालयहरु तथा नेपाल भरी रहेको आइएमई लिमिटेड र जीएमई रेमिटको ५०,००० भन्दा बढी एजेन्टहरुबाट भुक्तानी लिन सकिनेछ ।

साथै, यसै सम्झौताअनुसार कतारमा रहनुभएको नेपालीहरुले आफ्नो तथा परिवारको ग्लोबल आइएमई बैंकको तथा नेपालको अन्य बैंक तथा वित्तीय संस्थामा भएको बैंक खातामा सहज रुपमा रेमिटेन्स पठाउन सक्नेछन् ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो बैंक हो ।

बैंकका १,१०० भन्दा बढी सेवा केन्द्रहरू, जसमा ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखारहित बैंकिङ सेवाहरू, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरहरू ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयहरू रहेका छन् ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स भित्र्याउने सुविधा पनि दिँदै आएको छ ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *