आरसी लामिछाने बने एमाले सम्पर्क समन्वय विभाग सचिव
नेपाल प्रेस
२०८१ साउन १७ गते २०:४३
काठमाडौं । नेकपा एमाले सम्पर्क समन्वय विभागका सचिवमा आरसी लामिछाने तोकिएका छन् । बिहीबार बसेको सचिवालय बैठकले लामिछानेलाई विभागको सचिव चयन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
लामिछाने अनेरास्ववियु अध्यक्षमा पराजित भएपछि जिम्मेवारीविहीन थिए ।
एमालेले आजै स्थायी कमिटी, केन्द्रीय कमिटी, प्रदेशदेखि जिल्ला र निर्वाचन क्षेत्र इन्चार्ज पनि तोकेको छ।
गोरखाका लामिछाने विद्यार्थी आन्दोलनबाट स्थापित नेता हुन् ।
प्रतिक्रिया