युक्रेन आइपुगे अमेरिकाले दिएको प्रथम एफ-१६ फाइटर जेट
काठमाडौं । युक्रेनलाई अमेरिकाले प्रदान गरेको एफ–१६ फाइटर जेट युक्रेन पुगेका छन् । जर्मनीको विश्व च्यानल डिडब्लूका अनुसार महिनौ पछिको समन्वयपछि फाइटर जेट आएको हो । अमेरिकाले बिक्रि गर्दा पनि धेरै देशहरुलाई नदिने सिग्नेचर फाइटर जेटको आगमनसँगै युक्रेनी हवाई शक्ति बलियो हुने बताइएको छ ।
यही तर्कका आधारमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकासँग एफ–१६ जहाज माग्न धेरै प्रयत्न गरेका थिए । युक्रेन रुस युद्ध सुरु भएको दुई वर्षप्छि मात्रै युक्रेनले यो फाइटर जेट पाएको हो । यि फाइटर जेट अमेरिकी नेतृत्वको सैन्य गठबन्धन नेटोका सदस्यहरु डेनमार्क, नेदरल्याण्ड, बेल्जियम र नर्वेबाट पाइएको डिडब्लूले बताएको छ ।
फरक प्रसंगमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफू युक्रेन रुस युद्धको समन्वयकर्तामा चीनलाई देख्न नचाहेको बताएका छन् ।