रुसले सार्वजनिक गर्‍यो शीतयुद्ध पछिकै सबैभन्दा ठूलो कैदी साटासाट गरेको भिडिओ – Nepal Press

रुसले सार्वजनिक गर्‍यो शीतयुद्ध पछिकै सबैभन्दा ठूलो कैदी साटासाट गरेको भिडिओ

काठमाडौं । बिहीबार रुस र अमेरिकाको कैदी साटासाटलाई रुसले शीत युद्ध यताकै सबैभन्दा ठूलो कैदी साटासाट भनेर व्याख्या गरेको छ ।

रुसी विश्व च्यानल आरटीले रुसले छोडेका अमेरिका, बेलायत तथा जर्मनी लगायतका विभिन्न देशका कैदीहरू रुसले छोडेको थियो ।

आरटीले रुसले १६ कैदीहरू छोडेको बताएको छ । कैदी छाड्न पुगेका सुरक्षा अधिकारीहरूले मास्क लाएर पुगेका थिए ।

यो पनि पढ्नुहोस्- बिहीबार अमेरिका र रुसी कैदीहरू साटासाट, स्वागत गर्न विमानस्थल पुगे पुटिन

विमानमा कैदीलाई राखेर उनीहरू बिदा भएका थिए । उनीहरूलाई टर्कीतर्फको यात्रामा रुसले पठाएको थियो । टर्की हुँदै उनीहरू आआफ्नो देशमा पुगेका थिए ।

यस्तै, हिजै रुसका अमेरिकामा भएका कैदीहरूलाई रुस पठाइएको थियो । मस्को आएका उनीहरूलाई राष्ट्रपति भ्लादिमिर पुटिनले विमानस्थलमै पुगेर स्वागत गरेका थिए ।

भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस्


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर