प्रभु बैकको बिर्तामोड शाखाबाट १ करोड १७ लाख अपचलन भएको आरोप, बैकद्वारा छानबिन सुरु – Nepal Press

प्रभु बैकको बिर्तामोड शाखाबाट १ करोड १७ लाख अपचलन भएको आरोप, बैकद्वारा छानबिन सुरु

विराटनगर । झापाको बिर्तामोडमा रहेको प्रभु बैकको शाखामा कार्यरत प्रमोद सिटौलाले ग्राहकको १ करोड १७ लाख रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ ।

झापा बिर्तामोडका मञ्जु नेपालले राखेको फिक्स डिपोजिट खाताबाट सिटौलाले रकमबाट १ करोड १७ लाख रुपैयाँ अपचलन गरेको आरोप लागेको छ ।

बैकमा मार्केटिङ म्यानेजरको रूपमा कार्यरत सिटौला भने अहिले फरार रहेका छन् । बैकमा कार्यरत सिटौला फरार भएका कारण घटनाका विषयमा अनुसन्धान गर्न बैकले प्रदेश स्तरीय टोली गठन गरेको छ ।

प्रभु बैकका प्रदेश प्रमुख बद्री कट्टुवालको संयोजकत्वमा अनुसन्धान टोली गठन गरेको बैकका सूचना अधिकारी रवीन्द्र ढकालले बताए ।

उनले भने हामीले पनि दुई दिन अघि मात्रै थाहा पायौ थाहा पाएपछि के भएको हो भनी अध्ययन गरी रिपोट बुझाउन प्रदेश प्रमुखको संयोजकत्वमा टोली गठन गरेका छौ ।

उनले अध्ययन पछि दोषीलाई कारबाही गर्ने र पीडितलाई न्याय दिन बैक प्रतिबद्ध रहेको छ ।

बिर्तामोड निवासी नेपालले पटक पटक फरक फरक मितिमा प्रभु बैङ्कको बिर्तामोड शाखामा एक करोड १९ लाख रुपैयाँ जम्मा गरेको थिइन् ।

६ महिनापछि खातामा ब्यालेन्स चेक गर्न जाँदा खातामा २ लाख मात्र बाँकी मौज्दात देखिए पछि रकम अपचलन भएको भन्दै बिहीबार पत्रकार सम्मेलन गरेकी छन् ।

बैङ्कका मार्केटिङ म्यानेजर चन्द्रगढी बस्ने प्रमोद सिटौलाले आफूले जम्मा जम्मा गरेको रकम नियतवश हिनामिना गरी आफ्नो दुई वटै मोबाइल अफ गरेर सम्पर्कविहीन बनेको नेपालले बताइन् ।

नेपालका श्रीमान् टिकाराम नेपालले शाखा मेनेजरविरुद्ध जिल्ला प्रहरी कार्यालयमा र इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी समेत दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *