एक राज्यमन्त्री लिएर नाउपा सरकारमा, कांग्रेसबाट दुई राज्यमन्त्री नियुक्त
नेपाल प्रेस
२०८१ साउन १८ गते १३:०६
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी एक राज्यमन्त्री लिएर सरकारमा सहभागी भएको छ ।
नाउपाका अरुणकुमार चौधरीसहित तीन राज्यमन्त्रीले आज शपथ खाने भएका छन् । नाउपाबाट अरुणकुमार चौधरी राज्यमन्त्री बनेका हुन् ।
यस्तै, कांग्रेसले रुपा विक र पूर्णबहादुर तामाङलाई राज्यमन्त्री बनेका छन् । समानुपातिक सांसद विक कांग्रेसकी कान्छी केन्द्रीय सदस्य हुन् ।
विक वन तथा वातावरण राज्यमन्त्री, चौधरी संस्कृति, पर्यटन राज्यमन्त्री र तामाङ ऊर्जा राज्यमन्त्री नियुक्त भए ।
प्रतिक्रिया