लुम्बिनीको चौथो प्रदेश प्रमुखको पदभार सम्हाले रोल्पाका कृष्ण घर्तीले – Nepal Press

लुम्बिनीको चौथो प्रदेश प्रमुखको पदभार सम्हाले रोल्पाका कृष्ण घर्तीले

रुपन्देही । लुम्बिनी प्रदेशको चौथो प्रदेश प्रमुखको रुपमा रोल्पाका कृष्णबहादुर घर्ती शुक्रबार पदभार ग्रहण गरेका छन् ।

सङ्घीयता कार्यान्वयनयता ७ वर्षमा लुम्बिनीले ४ जना प्रदेश प्रमुख पाएको छ । संविधानले प्रदेश प्रमुखको कार्यकाल पाँच वर्ष भने पनि केन्द्रमा सरकार परिवर्तन हुनासाथ प्रदेश प्रमुख पनि फेरिने गरेका छन् ।

२०७४ माघ ३ मा शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारको पालामा उमाकान्त झा पहिलो प्रदेश प्रमुख बनेका थिए । २०७६ कात्तिकमा केपी शर्मा ओली नेतृत्वको सरकारले झालाई हटाएर धर्मनाथ यादवलाई प्रदेश प्रमुख बनाएको थियो ।

त्यसपछि बनेको देउवा सरकारले यादवलाई हटाएर २०७८ साल साउन १३ गते अमिक शेरचनलाई प्रदेश प्रमुख बनाएको थियो । साउन १४ गते केपी ओली नेतृत्वको सरकारले शेरचनलाई हटाएर रोल्पाका कृष्णबहादुर घर्ती मगरलाई प्रदेश प्रमुख बनाएको हो ।

बिहीबार राष्ट्रपतिसमक्ष शपथ लिएका घर्तीले शुक्रबार बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा पदभार संहालेका हुन् । त्यसअघि उनलाई मुख्यमन्त्री चेतनारायण आचार्य, मन्त्री भूमिश्वर ढकाल, प्रदेश प्रमुख कार्यालयका सचिव बेदप्रसाद खरेल तथा अन्य कर्मचारीले कार्यालयमा स्वागत गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर