अर्थमन्त्री पाैडैलकाे सुझाव- शेयरमा लगानी गर्दा कम्पनीको विश्लेषण गर्नुस्
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले शेयर बजारमा लगानी गर्दा कम्पनीको वित्तीय अवस्था विश्लेषण गरेर मात्र लगानी गर्नुपर्ने बताएका छन् ।
अर्थसमितिको बैठकमा मन्त्री पौडेलले शेयर बजारमा लगानी गर्नुपूर्व सम्बन्धित कम्पनीको बारेमा बुझेर मात्र लगानी गर्न आग्रह गरे । उनले भने, ‘इन्साइडर ट्रेडिङ नगर्ने वतावरण बनाउन निर्देशन दिइसकेको छु । शेयर बजारलाई परिपक्क ढंगले अगाडि बढाउन आग्रह गर्दछु ।’
उनले शेयर बजारमा सावधानी अपनाउँनुपर्ने बताए ।
पछिल्लो समय शेयर बजार बुलिस यात्रामा हिँडिरहेको बेला वित्तीय अवस्था कमजोर भएका कम्पनीको शेयर मूल्य पनि उचालिएको भन्दै विभिन्न टिका टिप्पणी हुन थालेको छ । यस्तो अवस्थामा लगानीकर्ता आफैं सचेत हुनुपर्ने देखिन्छ ।