सुदूर पश्चिममा मुख्यमन्त्री सोडारीले विश्वासको मत लिँदै, निजी गाडीमै गए सामाजिक मन्त्री – Nepal Press

सुदूर पश्चिममा मुख्यमन्त्री सोडारीले विश्वासको मत लिँदै, निजी गाडीमै गए सामाजिक मन्त्री

कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले विश्वासको मत लिँदै छन्। २० असारमा अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिन लागेका हुन्।

उनले संसद्मै सम्बोधन गरेर त्यहीबाट राजीनामा दिने र प्रदेश प्रमुखलाई बुझाउने तयारी गरेको बताइएको छ ।

राजीनामा दिनु भन्दा अगाडि अन्य मन्त्रीहरुले झण्डावाल गाडी सहित संसद् पुगेपनि सामाजिक विकास मन्त्री ओम बिक्रम भाट सरल निजी गाडी लिएर संसद् गएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर