हमासका नेता मारेर वार्तालाई सहयोग पुग्दैन : जो बाइडेन
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासका नेता इस्माइल हानिएको हत्यामा नकरात्मक प्रतिकिया दिएका छन् । उनले हमासका नेताको हत्या हुँदा हमास र इजरायलको वार्तामा सहयोग नहुने बताएका छन् ।
बेलायती प्रशारक बीबीसीका अनुसार यस्तो कदमले युद्धविराम वार्तालाई असहयोग पुग्ने बाइडेनले बताएका छन् । बुधबार हमासका राजनीतिक प्रमुख इस्माइलको इरानी राजधानी तेहरानमा हत्या भएको थियो । इजरायलले कब्जा गरेको गोलान हाइटमा हेजबुल्लाले गरेको हमसामा परेर शनिबार १२ जनाको हत्या भएको थियो ।
त्यसको चार दिनमा इरानी राजधानीमा इजरायली हमला र हमास नेताको हत्या भएको समाचार आएको हो । कतारी राजधानी दोहाबाट इरानी राजधानी तेहराइन पुगेका थिए इस्माइली । उनको दाहासंस्कार भने दोहामै हुने बताइएको छ ।