क्यानसँग प्रधानमन्त्रीको क्रिकेटका कुरा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल क्रिकेट संघ (क्यान) सँग छलफल गरेका छन् ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालगायतसँग क्रिकेटका कुरा भएको प्रधानमन्त्री ओलीले सामाजिक संजालमार्फत जनाएका छन् ।
आफ्नो नेतृत्वमा सरकार बनेसँगै ओलीले पहिलो निर्णय नै ३०० दिनभित्र त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने गरेका थिए ।
सोही विषयमा कसरी छोटो समयमा सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा प्रधानमन्त्रीसंग छलफल भएको छलफलमा सहभागी गण्डकी प्रदेश क्रिकेट संघका सचिव सुमनराज कार्कीले जानकारी दिए ।
‘क्रिकेट मैदानको सुविधासम्पन्न कसरी छिटो गर्न सकिन्छ । कसरी अगाडि बढाउने भन्ने विषयमा प्रधानमन्त्रीज्युसँग छलफल भएको हो,’ उनले भने