तिलगंगालाई विश्वविद्यालय बनाउन आवश्यक कानून बन्दैछ: सभामुख घिमिरे (भिडिओ) – Nepal Press

तिलगंगालाई विश्वविद्यालय बनाउन आवश्यक कानून बन्दैछ: सभामुख घिमिरे (भिडिओ)

काठमाडौं । सभामुख देवराज घिमिरेले तिलगंगा अस्पताललाई नेत्र विश्वविद्यालय बनाउन आवश्यक कानून बनाउन आफूले सक्रिय भूमिका खेलिरहेको बताएका छन् ।

ताप्लेजुङ पुस्तक विमोचन तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्वविद्यालय बनाइसकेपछि नेपाललाई आँखाको क्षेत्रमा अध्ययनलगायत अनुसन्धानको कामको लागि थुप्रै अवसरहरु प्राप्त हुनसक्ने बताए ।

उनले भने, ‘म सभामुख भइसकेपछि तिलगंगा अस्पतालको तर्फबाट टीम आउनुभयो, उहाँहरुले चाहिँ तिलगंगा नेत्र विश्वविद्यालय बनाउन कानून बनाउनुपर्ने र त्यसको लागि ऐन पास गर्नुपर्ने भयो । त्यसको लागि छिटो विधेयक पास गर्न सहयोग गर्नुप¥यो भनेर आग्रह गर्नुभयो । त्यो विधेयक सरकारले संसदमा पेस गर्न बाँकी थियो, मैले आफ्नो ठाउँबाट गर्नसक्ने कोसिस गरेर, सरकारले पनि आवश्यक महत्व दिएर संसदमा आयो, प्रतिनिधिसभामा बहस छलफलहरु भइरहेको तर राष्ट्रियसभामा अलिकति खुकुलो र खाली भएको हुँदा त्यहाँ दर्ता गराएर त्यहाँ पनि स्वीकार्ने प्रक्रिया हुन्छ, त्यो स्वीकारेर अहिले समितिमा लगेको छ ।’

सभामुख घिमिरेले समितिबाट पनि पास भए कानूनी रुपमा भएका असजिलालाई हटाउन सहज हुने बताए ।

उनले थपे, ‘विश्वविद्यालय बनाइसकेपछि नेपाललाई आँखाको क्षेत्रमा अध्ययनलगायत अनुसन्धानको कामको लागि थुप्रै अवसरहरु प्राप्त हुन्छन् । सम्भव भएसम्म त्यसलाई यही अधिवेशनमा सम्पन्न गर्न पाए हुन्थ्यो भनेर मेरो प्रयत्न जारी छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *