सोमालियाको समुद्री तटमा अल-शबाबको आक्रमणमा परी ३२ जनाको मृत्यु – Nepal Press

सोमालियाको समुद्री तटमा अल-शबाबको आक्रमणमा परी ३२ जनाको मृत्यु

मोगादिशु । सोमालियाको राजधानी मोगादिशुको समुद्र तटमा अल-शबाबले गरेको आत्मघाती आक्रमणमा परी ३२ जनाको मृत्यु हुनुका साथै कैयौं घाइते भएको प्रहरीले शनिबार जनाएको छ ।

अलकायदासँग सम्बन्धित जिहादीले १७ वर्षदेखि सरकारविरुद्ध विद्रोह गर्दै आएका छन् । आक्रमणपछि सार्वजनिक गरिएको भिडियोमा सडक तथा समुद्र तटमा रगतले लतपतिएका शवहरू देखाइएको थियो ।

आक्रमणमा परी ३२ जनाभन्दा बढी सर्वसाधारणको मृत्यु हुनुका साथै ६३ जना घाइते भएको प्रहरी प्रवक्ता अब्दिफताह अदान हसनले पत्रकार सम्मेलनमा बताए ।

आक्रमणकारीले नागरिकलाई लक्षित गरी गरेको विस्फोटले आक्रमणकारीको निशानामा सरकारी केन्द्र, सैनिक र अधिकारी मात्र नभई नागरिक पनि परेका छन् भन्ने प्रष्ट भएको प्रहरी प्रवक्ता हसनले उल्लेख गरेका छन् ।

आक्रमणको जानकारी दिँदै प्रत्यक्षदर्शीले विस्फोट हुँदा घटनास्थलमा धेरै मानिसरू रहेको बताएका छन् ।

अल-शबाबले मोगादिशुलगायत देशको अन्य भागमा भएका बम विस्फोट र आक्रमणको जिम्मेवारी लिएको छ । सरकारले इस्लामिक उग्रवादीहरूविरुद्ध आक्रमण गर्न दबाब दिइरहेको छ । -रासस/एएफपी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर