कांग्रेस-एमाले समानुपातिक प्रतिनिधित्व प्रणाली खारेज गर्ने षडयन्त्र गर्दैछन् : उपेन्द्र यादव (भिडिओ)
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस-एमाले मिलेर समानुपातिक प्रतिनिधित्व प्रणाली खारेज गर्ने षडयन्त्र गरेको आरोप लगाएका छन् ।
शनिबार काठमाडौंमा पार्टी प्रवेश कार्यक्रममा बोल्दै यादवले समावेशीतालाई अन्त्य गर्न कांग्रेस-एमाले मिलेर सरकार बनाएको आरोप लगाए ।
उनले नेपालको अहिलेसम्मका आन्दोलनको ठूलो उपलब्धि समावेशीता भएको र राज्यकै तर्फबाट अहिले समावेशी लोकतन्त्रमाथि प्रहार भइरहेको जिकिर गरे ।
यादवले संघीयता, समावेशीका कारण नभई दलहरुकै कारण मुलुकमा राजनीतिक अस्थिरता उत्पन्न भएको धारणा राखे ।
उनले समावेशीसहितको लोकतन्त्रलाई हटाएर राजनीतिक स्थिरता खोज्न नहुने औंल्याए ।
यादवले यसअघि पद र पैसाको लोभमा माओवादी र एमाले मिलेर आफ्नो पार्टी फुटाएको आरोपसमेत लगाए ।