कर्णालीका मुख्यमन्त्री कँडेलले साउन २१ गते विश्वासको मत लिने – Nepal Press

कर्णालीका मुख्यमन्त्री कँडेलले साउन २१ गते विश्वासको मत लिने

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललाई यही साउन २१ गते विश्वासको मत लिने भएका छन् ।

नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम आफूलाई विश्वास छ भन्ने स्पष्ट पार्न आवश्यक ठानेकाले विश्वासको मत लिने प्रयोजनका लागि सोसम्बन्धी विषयको प्रस्ताव यही साउन २१ गते राख्ने व्यवस्था मिलाउन आज प्रदेशसभा सचिवालयलाई परिपत्र गरिएको मुख्यमन्त्री कँडेलले बताए ।

उनले उक्त व्यवस्थाका लागि कर्णाली प्रदेशसभा नियमावली २०७९ को नियम १५० को उपनियम १ बमोजिम सूचना गरेको जनाएका छन् ।

कुल ४० सदस्य सङ्ख्या रहेको कर्णाली प्रदेशसभामा हाल नेपाली कांग्रेसका १४, नेपाली कम्युनिष्ट पार्टी माओवादी केन्द्रका १३, नेपाल कम्युनिष्ट पार्टी एमालेका १०, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रको एक-एक प्रदेशसभा सदस्य रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर