गुरुदेव कामतको निधनमा मधेश सरकारले राष्ट्रिय झन्डा आधा झुकायो – Nepal Press

गुरुदेव कामतको निधनमा मधेश सरकारले राष्ट्रिय झन्डा आधा झुकायो

जनकपुरधाम । मधेश प्रदेश सरकारले प्रसिद्ध शास्त्रीय संगीत साधक एवम् गायक गुरुदेव कामतको निधनमा आज राष्ट्रिय झण्डा आधा झुकाएको छ ।

सिरहाको पोखरभिण्डास्थित आफ्नै निवासमा गायक कामतको ६९ वर्षको उमेरमा बिहीबार निधन भएको थियो । आर्थिक अभावमा मिर्गौला सम्बन्धी उपचार गराउन नसक्दा काठमाडौंबाट फर्केका उनको निवासमै निधन भएको थियो ।

गायक कामतको निधनमा शुक्रवार शोक वक्तव्य जारी गर्दै मुख्यमन्त्री सतिश कुमार सिंहले आइतबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरिएको जानकारी गराएका थिए । सोही निर्णय बमोजिम आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मन्त्रालयहरूमा राष्ट्रिय झन्डा आधा झुकाएको छ ।

शास्त्रीय संगीतको क्षेत्रमा गायक कामत देश र विदेशमा चर्चित थिए । राष्ट्रका गहना उनको उपचार अभावमा निधन भएपछि संघ र प्रदेश सरकारको आलोचना भइरहेको छ ।


प्रतिक्रिया

One thought on “गुरुदेव कामतको निधनमा मधेश सरकारले राष्ट्रिय झन्डा आधा झुकायो

  1. उपचारमा कहिल्यै सहयोग नगर्ने मधेश सरकारले यो के नाटक गरेको ? गुरुदेव कामतको नाम पनि मधेश सरकारले मरेपछि सुनेको हुनुपर्छ । बेलैमा सहयोग गरेको भए कम्तिमा १५ वर्ष बढि बचाउन सकिन्थ्यो नि ! आख़िर सम्झनु त रैछ नि ! बिवेक शुन्य सरकार र नेताहरु मरेपछि गोहिको आशु झार्ने नाटक बन्द गर !

Leave a Reply

Your email address will not be published. Required fields are marked *