सरकार स्टन्टबाजीका लागि कुनै काम गर्दैन : प्रधानमन्त्री (भिडिओ) – Nepal Press

सरकार स्टन्टबाजीका लागि कुनै काम गर्दैन : प्रधानमन्त्री (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनविरुद्ध भ्रम फैल्याउनेहरू मुलुकमा क्रियाशील रहेको बताएका छन् ।

माओवादीलगायतका प्रतिपक्ष दलले प्रतिगमनका लागि कांग्रेस-एमालेले संविधान संशोधनको विषय उठाएको भन्दै आलोचना गरिरहेका बेला प्रधानमन्त्री ओलीको आफूहरूले स्टन्टबाजीको रूपमा कुनैपनि काम नगर्ने बताए ।

‘नेपाली कांगेस र नेकपा एमालेको यो समिकरणले संविधान संशोधनजस्तो कुरा गर्दा यो लोकतन्त्रका लागि लडेर आएका पार्टीहरूको एजेण्डा हो संविधान संशोधन । त्यसकारण लोकतन्त्रका लागि यो कुनै भुलभुलैया वा कुनै अफवाहको भरमा वा कुनै अन्यौलग्रस्त भएर अथवा पपुलिष्ट हुनका लागि अथवा कुनै स्टन्टबाजीको रूपमा यसले कुनै पनि काम गर्दैन, कुनै विचार पनि प्रस्तुत गर्दैन । कुनै अन्यौल र भ्रम पनि चाल्दैन । स्टन्टबाजी पनि गर्दैन, कसैलाई झुक्याउने खेल पनि खेल्दैन ।’

आइतबार एमाले मुख्यालयमा आयोजित पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथग्रहणमा उनले सत्तारुढ गठबन्धनले कुनैपनि खालको भ्रम सृजना गर्नेगरी काम नगर्ने प्रष्ट्याए । संविधानलाई धार्मिक ग्रन्थ वेद, बाईबल, कुरानजस्तो असंशोधनीय दस्तावेजको रूपमा प्रस्तुत गर्न खोजिएको भन्दै त्यसको भ्रममा नपर्न प्रधानमन्त्रीको आग्रह थियो ।

प्रधानमन्त्री ओलीले लोकतन्त्रका लागि लडेर आएका कांग्रेस-एमालेले अझ बढी ग्राह्यता, स्वीकार्यता र प्रभावकारिता बढाउनका लागि संविधान संशोधन गर्न चाहेको बताए । उनले संविधान संशोधनविरुद्ध भ्रम फैल्याउन कोसिस भइरहेको भन्दै आक्रोश व्यक्त गरे ।

सुखी नेपाली बनाउने लक्ष्य अनुरूप नै संविधान संशोधन गर्ने कुरालाई अघि बढाइएको प्रधानमन्त्रीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर