कर्णालीमा कांग्रेसका ४ मन्त्रीले लिए शपथ (भिडिओ)
नेपाल प्रेस
२०८१ साउन २० गते १४:५६
सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आइतबार मुख्यमन्त्री यामलाल कँडेलले नेपाली कांग्रेसबाट चार मन्त्री नियुक्त गरेका थिए । उनीहरूले प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष पद तथा गोपनीयताको शपथ लिए ।
कांग्रेसबाट सामाजिक विकासमन्त्रीमा दैलेखका घनश्याम भण्डारी, आर्थिक मामिला तथा योजना मन्त्रीमा जाजरकोटका राजीवविक्रम शाह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सल्यानका सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा हुम्लाकी विजया बुढा नियुक्त भएकी छन् ।
प्रतिक्रिया