गभर्नर अधिकारीकाे जिकिर- मौद्रिक नीतिले निजी क्षेत्रको मनोबल बढायो (भिडिओ) – Nepal Press

गभर्नर अधिकारीकाे जिकिर- मौद्रिक नीतिले निजी क्षेत्रको मनोबल बढायो (भिडिओ)

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिले परिर्वतन गरेका व्यवस्थाले निजी क्षेत्रको मनोबल उच्च बनाएको बताएका छन् ।

आईतवार लेखापरीक्षकहरुको संस्था नेपाल अडिटर्स एशोसियन (अडान) को १९ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले मौद्रिक नीतिको असरले उद्योगी व्यवसायी,बैंकर्स र सर्वसाधरणको गिरेको मानसिकता र मनोवल उठेको पाएको धारणा राखे ।

उनले मौद्रिक नीतिले गरेको लचिलो नीतिगत व्यवस्थाले उठेको मनोवललाई निरन्तर लैजान आवश्यक रहेको बताए । उनले गिरेको मनोबल उच्च बनाउन निजी क्षेत्र, सरकारका सम्बन्ध निकायहरुको महत्वपूर्ण भुमिका रहने बताए ।

उनले मौद्रिक नीतिका व्यवस्थाहरु सबै आफैँले काम नगर्ने भन्दै सबैलको दायित्व रहेको उल्लेख गरे । उनले यो वर्षको मौद्रिक नीति राष्ट्र बैंकले अन्तर्राष्ट्रिय परिवेश र आन्तरिक अवस्था सबैलाई केलाएर ल्याएको बताए । उनले चालु आर्थिक वर्षको मौद्रिक नीति गत वर्षको भन्दा लचिलो भएको भन्दै त्यसले बजारमा पार्ने असरका विषयमा राष्ट्र बैंक सर्तक रहेको बताए ।

गभर्नर अधिकारीले मौद्रिक नीतिले बजारलाई चलायमान बनाउनको लागि उद्योगी व्यवसायीहरको मनोवल उच्च बनाएको भन्दै राज्यका सम्बन्ध निकायहरुले नीति अनुरुप कार्यान्वयन गर्न जरुरी रहेको बताए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *