पासाङ ल्हामुको नाममा चन्द्रमाको क्रेटर नामाकरण – Nepal Press

पासाङ ल्हामुको नाममा चन्द्रमाको क्रेटर नामाकरण

काठमाडौं । नेपालकी प्रथम सगरमाथा आरोही तथा राष्ट्रिय विभूति पासाङ ल्हामुको नाममा चन्द्रमाको क्रेटरको नामाकरण भएको छ ।

नेपालमा हिमाल तथा राजमार्ग अनि हुलाक टिकट आदिमा नाम राखिएकी पासाङ ल्हामुको अमेरिकी सरकारको भौगर्भिक सर्वेक्षण एजेन्सीले यहि सावन १४ अर्थात जुलाई २९ साझ ७ः१८ मा चन्द्रमा क्रेटरको नामाकरण गरेको आफ्नो आधिकारिक वेबसाइटबाट जानकारी दिएको हो ।

चन्द्रमाको माइनस ८६ डिग्रीको क्रेटरलाई पासाङ ल्हामुको नाममा ल्हामु नामाकरण गरिएको बताएको छ । ल्हामु क्रेटरको डाइमिटर १.४० किलोमिटर राखिएको छ । पासाङ ल्हामुलाई एजेन्सीले सगरमाथा आरोहण गर्ने प्रथम नेपाली शेर्पा महिला भनेर चित्रण गरेको छ ।

याे पनि पढ्नुस्: ‘पासाङ’ चलचित्र प्रिभ्यू : पासाङ ल्हामुको प्रश्न- ‘के सगरमाथा हामीले चढ्न सक्दैनौं र ?’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर