बंगलादेशी प्रदर्शनमा सरकारी दमन बढ्दै, एकै दिनमा ९० जनाको मृत्यु
नेपाल प्रेस
२०८१ साउन २१ गते १२:५६
काठमाडौं । बंगलादेशमा गत जुलाई १५ बाट भएको आन्दोलनमा सरकारी दमन बढेको छ । आइतबार मात्रै ९० जना प्रदर्शनकारीहरुको प्रहरीको गोली लागेर मृत्यु भएको छ ।
एकै दिनमा भएको यो नै सबैभन्दा धेरै जनाको क्षति हो । बेलायती प्रसारक बीबीसीका अनुसार आइतबार दशौँ हजार प्रदर्शनकारीहरु सडकमा उत्रिएका थिए । उनीहरुमाथी प्रहरीले गोली वर्षाएको थियो ।
प्रधानमन्त्री शेख हसिनाको राजिनामा तथा भद्र अवज्ञा आन्दोलन घोषणा भएपछि यस्तो मृत्युको खबर सार्वजनिक भएको हो । १३ प्रहरीसहित अहिलेसम्म २८० बढी प्रदर्शनकारीहरुको मृत्यु भएको बीबीसीले बताएको छ ।
यो पनि पढ्नुहोस् –
प्रतिक्रिया
सम्बन्धित खवर