बंगलादेशी सेनापतिले देशको नामममा सम्बोधन गर्ने
काठमाडौं । बंगलादेशका सेनापतिले देशका नाममा सम्बोधन गर्ने भएका छन् । स्थानीय समयअनुसार दिउँसो तीन बजे सम्बोधन हुने बताइएको छ । बंगलादेशको अंग्रेजी भाषाको अखबार डेली स्टारका अनुसार सेनापति वाकर उज जमानले सम्बोधन गर्ने भएका छन् ।
बंगलादेशी वृत्तमा भने सेनापतिको सम्बोधनसँगै हसिनाको राजीनामाको कुरा पनि आउने बताइएको छ । यसको औपचारिक जानकारी भने सार्वजनिक भइसकेको छैन । गत जुलाई १५ बाट बंगलादेशमा विद्यार्थी आन्दोलन सुरु भएको थियो । झण्डै तीन सय जनाको मृत्यु भइसकेको आन्दोलनमा आइतबार मात्रै ९० जनाको मृत्यु भएको थियो ।
यसैबीच शेख हसिनाले सेनाको हेलिकप्टरमा शरण लिएको भनिएको एक भिडियो भाइरल भइरहेको छ । कतिपयले राजीनामा पछि हसिना सुरक्षित स्थानमा सेनाको सहयोगमा गएको र सेनापतिको सम्बोधन हुने बताइरहेका छन् ।
याे पनि पढ्नुस्: बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिने संकेत