३५ वर्षदेखि मैले राख्दै आएको हतियार नवीकरण भएन : सांसद प्रधान (भिडिओ) – Nepal Press

३५ वर्षदेखि मैले राख्दै आएको हतियार नवीकरण भएन : सांसद प्रधान (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रबबहादुर प्रधानले ३५ वर्षदेखि आफूले राख्दै आएको हतियार अहिले नवीकरण नभएकोप्रति आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै आफ्नो मात्रै नभएर यस्तो समस्या देशभर रहेको बताए ।

उनले भने, ‘मैले ३५ वर्षदेखि हतियार राखेर नवीकरण गर्दै आइरहेको छु । अहिले प्वाइन्ट टु–टु बोर राइफल लेखिएको कारणले त्यो हतियार रिन्यु नगर्ने अवस्था आयो । यो समस्या मेरोमात्रै होइन, देशभरको हो । यो दुर्गा प्रसाईंको हतियार बरामद पछाडिको घटनाबाट सिर्जित कुरा हो वा के हो यसको जानकारी त मलाई छैन ।’

उनले सरकारले हतियार नवीकरण नगर्ने हो भने भोलि अवैध हतियार प्रत्येकको घरघरमा रहने अवस्था आउनसक्ने बताए ।

उनले थपे, ‘या त सरकारले राख्न नपाइने हो भने सिज गरेर लिए हुन्छ । त्यसको परल मूल्य फिर्ता गरिदिए हुन्छ । अन्यथा यसलाई सुव्यवस्था गर्नको लागि नवीकरणको प्रावधान लागु गर्नुपर्छ ।’


प्रतिक्रिया

One thought on “३५ वर्षदेखि मैले राख्दै आएको हतियार नवीकरण भएन : सांसद प्रधान (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर