बंगलादेशी प्रधानमन्त्री हसिनाले दिइन् राजीनामा, सेनाकाे हेलिकप्टरमार्फत भारतमा शरण (भिडिओ)
नेपाल प्रेस
२०८१ साउन २१ गते १५:२६
काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनमा दिएकी छन् । गत जुलाई १५ बाट भएको प्रदर्शन तथा त्यसबाट ३०० बढीको मृत्यु भएपछि राजीनामा आएको हो । बेलायतको स्काइ न्यूजका अनुसार बंगलादेशी सेनाले हसिनाको राजीनामा भएको पुष्टि गरेको छ ।
हसिनाले सैन्य हेलिकप्टरबाट भारतमा शरण लिएको स्काइ न्यूजले उल्लेख गरेको छ ।
याे पनि पढ्नुस्: बंगलादेशी सेनापतिले देशको नामममा सम्बोधन गर्ने
प्रतिक्रिया
सम्बन्धित खवर