२८ सय बिन्दुनजिक पुग्यो नेप्से, आज यी ८ कम्पनीको कमाइ धेरै – Nepal Press

२८ सय बिन्दुनजिक पुग्यो नेप्से, आज यी ८ कम्पनीको कमाइ धेरै

काठमाडौं । नेप्से परिसूचक ४०.७६ अंकले बढेको २७९६.३८ बिन्दुमा अडिएको छ ।

सोमबार २१ अर्ब ८६ करोड ४९ लाख कारोबार हुँदा १६३ कम्पनीको शेयर मूल्य बढ्यो । त्यस्तै ७८ कम्पनीको घटेको छ भने एउटा कम्पनीको स्थिर छ ।

आज ८ वटा कम्पनीले सर्वाधिक कमाए । शेयर मूल्य सबैभन्दा बढ्ने अधिकांश कम्पनी जलविद्युत समूहको छन् । सकारात्मक सर्किट लागेको रुरु जलविद्युत परियोजनाको शेयर मूल्य ८ सय ३२.७० रूपैयाँ पुगेको छ ।

यस्तै सिइडिबी हाइड्रोपावरको शेयर मूल्य १ हजार ९ सय ४८ रूपैयाँ १० पैसा, सगरमाथा लघुवित्त वित्तीय संस्थाको ५ सय ५१.१० रुपैयाँ, कुथेली ब्रुखरी स्मल हाइड्रो पावरको २ हजार ४९.७० रुपैयाँ, भगवती हाइड्रोपावर १ हजार ६४.८० रुपैयाँ, माथिल्लो मैलुङ खोला ६ सय ६.१० रुपैयाँ शेयर मूल्य पुगेको छ ।

यस्तै भिजन लुम्बिनी ऊर्जा कम्पनी ६ सय ८०.९० रुपैयाँ र मुक्तिनाथ कृषि कम्पनी १ हजार ७ सय ८२ रूपैयाँ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *