पूर्वअर्थमन्त्री महतको टिप्पणी- शेयरको बुलिस ट्रेन्ड अस्वाभाविक – Nepal Press

पूर्वअर्थमन्त्री महतको टिप्पणी- शेयरको बुलिस ट्रेन्ड अस्वाभाविक

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री प्रकाशशरण महतले शेयर बजारमा देखिएको उतारचढाव अस्वाभाविक भएको टिप्पणी गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै महतले कतिपय संस्थाको शेयर भाउ अस्वाभाविक रूपमा बढेको देखिएको भन्दै बुलिस ट्रेन्डलाई स्वाभाविक लिन नसकिने बताएका हुन् । उनले पछिल्लो समयमा शेयर बजारमा चलखेलकर्ताको हस्तक्षेप बढेको हो कि भन्ने आशंका भएकाले छानबिन गर्नसमेत माग गरे ।

महतले राष्ट्रबैंकले सार्वजनिक गरेको मौद्रिक नीति र कांग्रेस-एमालेको सरकारका कारण आगामी दिनमा आगामी दिनमा आर्थिक गतिविधि बढ्ने विश्वास जनाए ।

उनले बढीभन्दा बढी जनतालाई सेवा दिने र प्रभाव पार्ने आयोजनाहरूलाई प्राथमिकतामा राख्नुपर्ने र त्यहीअनुसार बजेट विनियोजन गर्नुपर्ने बताए ।

जथाभावी ऋण लिने प्रवृत्तिले देशलाई थप भार थपिने भएकाले प्राथमिकताका आधारमा मात्र विदेशी ऋण लिन महतको सुझाव थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *