पर्वतमा सशस्त्र प्रहरीका ६८ असईले एकै दिन गरेर बन्जी – Nepal Press

पर्वतमा सशस्त्र प्रहरीका ६८ असईले एकै दिन गरेर बन्जी

काठमाडाैं । पर्वत जिल्लामा रहेको साहसिक खेल बन्जीमा एकै दिन ६८ सशस्त्र प्रहरीका नवप्रवेशी असइहरुले आनन्द लिएका छन् । सशस्त्रको साहसिक खेल अन्तरर्गत यस्तो खेल गराइएको बताइएको छ ।

पर्वतको द क्लिफमा बागलुङको सशस्त्र प्रहरी बलको टोलीले बन्जी गरेको हो । सशस्त्रका एसपी सुशील शाहीको नेतृत्वमा ६८ जनाले बन्जी गरेको क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिएका छन् ।

विश्वको दोस्रो अग्लो बन्जी भनेर विश्वकै नामी पवर्तको बन्जी क्षेत्र कालीगण्डकी नदीको खाँेच पर्वत र बाग्लुङ बलेवा सीमानामा छ ।

कुनै बेला पर्यटनको गुमनाम पर्वत तथा बागलुङ क्षेत्रमा साहसिक खेल बनेपछि साहयिक पर्यटकहरुको देश तथा विदेशबाट आगमन बढेको स्थानिय समेत रहेका चर्चित फोटोपत्रकार आरके अदीप्त गिरी बताउँछन् ।

कालीगण्डकी बचाउ अभियानका अभियानकर्मी समेत रहेका गिरीले कालिगण्डकीको दोहोनभन्दा यस्ता सिर्जनात्मक काम गरेर आम्दानी बढाउन सकिने बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *