शेख हसिना भारत जाँदा चढेको जहाज सबैभन्दा धेरैले फ्लाइट राडरमा हेरियो
नेपाल प्रेस
२०८१ साउन २१ गते १९:१४
काठमाडौं । आज बंगलादेशको राजधानी ढाकाबाट भारत शरणमा आएकी शेख हसिना चढेको जहाज सबैभन्दा धेरैले हेरेको पाइएको छ । उडेका जहाजहरुको यात्रा वृत्तान्त हेर्ने वेबसाइट फ्लाइट राडर २४ मा हसिना चढेको जहाज सबैभन्दा धेरै हेरिएको बताइएको छ ।
बंगलादेशको अखबार डेली स्टारका अनुसार हसिनाले बंगलादेशी सेनाको जहाज सी १३० जेमा बसेर यात्रा गरेकी थिइन् । उनी साँझ ६ बजे धरमतलमा अवतरण भएको थियो ।
भारतलाई ट्रान्जिट मात्रै बनाएर हसिना यूरोप खासगरि लण्डन जानसक्ने कूटनीतिक सोर्सले बताएको डेली स्टारले उल्लेख गरेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर