बिजेपी नेता भन्छन्- बङ्गलादेशबाट एक करोड हिन्दू शरणार्थी भएर बङ्गाल आउनेछन्
नेपाल प्रेस
२०८१ साउन २२ गते ६:२०
काठमाडौं । भारतीय जनता पार्टीका पश्चिम बङ्गालका नेता सुबेन्दु अधिकारीले बङ्गलादेशको आजको तनावको कारण एक करोड हिन्दू शरणार्थी भएर पश्चिम बङ्गाल आउने दाबी गरेका छन्।
सन १९७१ को स्वतन्त्रता पछिको सबैभन्दा ठूलो संकटमा परेको बङ्गलादेशबाट हिन्दुलाई तनाव दिन सुरु गरिएकोले यस्तो हुने अधिकारीको दाबी भारतीय अखबार इन्डिया टुडेले प्रकाशन गरेको छ ।
आन्दोलनमा मारिका १३ प्रहरीमा नौ हिन्दु भएको र हिन्दू अल्पसंख्यकमाथि आक्रमण बढेको अधिकारीले बताएका छन्।
पश्चिम बङ्गाल सरकारका विपक्षी दलका नेता उनले हिन्दू शरणार्थी मुद्दा केन्द्रमा राख्न मुख्यमन्त्री ममता बेनर्जीलाई आग्रह गरेका छन्।
प्रतिक्रिया
सम्बन्धित खवर