कार्यालय सहयोगीबाट वडाध्यक्ष भए, ४० लाख ऋण तिर्न बेलायत गए – Nepal Press

कार्यालय सहयोगीबाट वडाध्यक्ष भए, ४० लाख ऋण तिर्न बेलायत गए

दाङ । राप्ती गाउँपालिका वडा नम्बर ८ का निर्वाचित वडा अध्यक्ष चन्द्रबहादुर गुरुङ रोजगारीकालागि विदेश पलायन भएका छन् ।

२०७९ सालमा एमालेबाट निर्वाचित गुरुङ आर्थिक संकट धान्न नसकेपछि रोजगारीकालागि बेलायत गएको उनकी श्रीमती संगिता गुरुङले जानकारी दिइन ।

गुरुङ यहीँ साउन २० गते सिजनल भिसामा बेलायत गएका हुन् । उनी वडा अध्यक्षमा निर्वाचित हुनु अघिसम्म सोही वडा कार्यालयमा कार्यालय सहयोगी थिए ।

कार्यालय सहयोगी आफ्नै वडाको अध्यक्षमा निर्वाचित भएपछि उनको चर्चा देशभर चुलिएको थियो ।

करिब ४० लाख ऋण भएकाले ऋण तिर्नकालागि श्रीमान् बेलायत गएको उनकी श्रीमती सङ्गीताले बताइन् । ‘करिब ४० लाख ऋण छ । वडा अध्यक्षको पदले ऋण तिर्दैन,’ सङ्गीताले भनिन् ‘ऋण तिर्न विदेश जानुभएको हो ।’

वडा अध्यक्ष गुरुङका दुई छोरा र एक श्रीमती छन् । जेठा छोरा कक्षा १२ र कान्छो छोरा ८ कक्षा मा अध्ययनरत छन् ।

वडा अध्यक्ष गुरुङले कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी वडा सदस्य चम्फा पुनलाई दिएका छन् ।


प्रतिक्रिया

One thought on “कार्यालय सहयोगीबाट वडाध्यक्ष भए, ४० लाख ऋण तिर्न बेलायत गए

  1. दुरा अवस्था का कारण र भोटर्स मासुभात र रक्सी मा विकेकाले हो यो सच्याउन पर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर