बंगलादेशको अन्तरिम सरकारको प्रमुख सल्लाहकार बन्दै नोबेल शान्ति पुरस्कार विजेता युनुस
काठमाडौं । बंगलादेशमा बन्न लागेको अन्तरिम सरकारको प्रमुख सल्लाहकारमा प्राध्यापक महोमद युनुस हुने भएका छन् ।
आन्दोलनका नेता नाहिद इस्लामले युनुसले प्रमुख सल्लाहकार बन्न तयार भएको बताएको बताएका छन् । आरक्षण विरोधी आन्दोलनका नेता विद्यार्थीहरूको आग्रह युनुसले मानेको बंगलादेशी मिडियाहरूले उल्लेख गरेको छन् ।
प्राध्यापक युनुस सन २००६ का नोबेल शान्ति पुरस्कार विजेता हुन् । उनलाई शेख हसिना सरकारले कर छलीको नाममा तनाव दिएपछि विश्वभर आलोचना भएको थियो ।
नाहिदे अन्तरिम सरकारको रूपरेखा बन्न २४ घण्टा लागेको बताएको डेली स्टारले लेखेको छ । जथाभाबी लुटपाट, मन्दिरमा जथाभाबी गोलीवर्षा भएकोले यस्तो भएको उनले बताएका छन् ।
१९० मुद्दामा हसिना सरकारबाट पीडित बनेका युनुसले हसिनाको देश छोडेको बारेमा प्रतिक्रिया दिएका छन् ।
उनले भारतीय मिडिया दी प्रिन्ससँग भनेका छन्, ‘हसिनाले बंगलादेशको लिगेसी सकिन । अब बंगलादेश स्वतन्त्र भयो । हामी अब स्वतन्त्र देशका नागरिक भयौँ ।’