हिमालयन बैंकको स्वयम्भू शाखा बालाजुमा सारियो
नेपाल प्रेस
२०८१ साउन २२ गते १२:४६
काठमाडौं । हिमालयन बैंकको स्वयम्भूमा रहेको शाखा बालाजुमा स्थानान्तरण गरिएको छ ।
सिभिल बैंकलाई प्राप्तिगरेपश्चात नजिक भएका शाखा सञ्जाललाई स्थानान्तरण गर्ने क्रममा स्वयुम्भू शाखा २ वडा नम्बर १६ बालाजु चोकमा स्थापना गरी बालाजु शाखा नामबाट सेवा सुरू गरिएको बैंकले जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमसेर राणाले उक्त शाखाको औपचारिक शुभारम्भ गरे ।
हाल हिमालयन बैंकले नेपालभर १७४ शाखा कार्यालय, २० विस्तारित काउन्टर, २६४ एटीएम, ६५ सयभन्दा बढी POS Terminals र १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट आफ्ना ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर