देश छोड्ने केही दिन अगाडि नै हसिनाले भनेकी थिइन्- श्रीलंका जस्तो बनाउन खोजिँदैछ
काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले आफ्नो देशमा श्रीलंका जस्तै प्रकरण गर्न खोजिएको बताएको खुलेको छ । भारतीय अखबार हिन्दूस्तान टाइम्सका अनुसार ढाकास्थित भारतीय दूतावासका अधिकारीसँग केही दिन अगाडि उनले यस्तो भनेकी थिइन ।
उनले केही अराजकतावादीहरुले बंगलादेशलाई श्रीलंका जस्तो बनाउन खोजेको बताएकी थिइन्, तर हिन्दूस्तान टाइम्सले हसिनाले के के सहयोग मागेकी थिइन् तथा भारतको प्रतिक्रिया के थियो भन्ने सार्वजनिक गरेको छैन ।
यस्तै भारतमा शेख हसिना ओर्लिनेबित्तिकै भारतीय सुरक्षा सल्लाहकार अजित दोभलले भेट गरेका थिए । यो खबर पनि हिन्दूस्तान टाइम्सले उल्लेख गरेको छ ।
बंगलादेशमा भएको घटनाका बारेमा भारतीय विदेशमन्त्री एस. जयशंकरले प्रधानमन्त्री नरेन्द्र मोदीलाई जानकारी दिएको बताइएको छ ।