हसिना अब राजनीतिमा फर्कने कुनै सम्भावना छैन : छोरा सजिब
नेपाल प्रेस
२०८१ साउन २२ गते १५:२१
काठमाडौं । बंगलादेशबाट भारतमा शरण लिएकी पूर्वप्रधानमन्त्री शेख हसिनाले राजनीतिमा फेरि आगमन नगर्ने छोराले बताएका छन् ।
बंगलादेशको अखबार डेली स्टारका अनुसार हसिनाका छोरा सजिब वाजेज जोयले यस्तो खुलासा गरेका हुन् । बेलायती प्रशारक बीबीसीसँग कुरा गर्दै सजिबले यस्तो बताएका हुन् ।
हसिना प्रधानमन्त्री हुँदा उनका सल्लाहकारसमेत रहेका सजिबले भनेका छन्, ‘उहाँले बंगलादेशलाई परिवर्तन गर्नुभएको छ । उहाँले सत्ता लिँदा बंगलादेशलाई असफल देश भनिन्थ्यो । यो एक विपन्न देश थियो । केही दिन अगाडिसम्म बंगलादेशलाई एसियाको उदीयमान बाघ मान्न थालिएको थियो । उहाँ धेरै निराश हुनुहुन्छ ।’
प्रतिक्रिया