प्राकृतिक विपत्तिमा जनधनको रक्षा गर्न सरकारसँग रिटर्नीको माग – Nepal Press

प्राकृतिक विपत्तिमा जनधनको रक्षा गर्न सरकारसँग रिटर्नीको माग

काठमाडौं । रिटर्नी फेडेरेशन नेपालले देशभर भएका प्राकृतिक विपत्तिमा जनता जनधनको रक्षा गर्न सरकारसँग माग गरेको छ । फेडेरेसनले एक विज्ञप्ति जारी गर्दै देशभर वर्षा, पहिरोलगायतको प्राकृतिक विपत्तिमा धेरै जनधनको क्षति भएको भन्दै सरकारलाई गम्भीर भएर जनताको पक्षमा काम गर्न आग्रह गरेको छ ।

यसअघि साउनको १८ र १९ गते हेटौंडामा सम्पन्न स्थायी कमिटी बैठकले देशभरका प्राकृतिक विपत्तिसहित त्रिशूलीमा दुई बसमा परि ज्यान गुमाएका नागरिकहरु, सौर्य एयरको जहाज दुर्घटनामा परी मृत्युवरण गरेका नागरिकहरुप्रति बैठकले श्रद्धाञ्जली अर्पण गरेको छ ।

बैठकले नवगठित केन्द्र सरकारलाई रिटर्नी लक्षित कार्यक्रम अघि बढाउन ५ बुँदे सुझाव प्रस्तुत गरेको छ । बैठकले वार्षिक कार्ययोजना निर्माण गर्दै निर्ममतापूर्वक कार्यान्वयन गर्न सबै तहका संगठनलाई निर्देश गरेको छ ।

सरकारले रिटर्नी‌ लक्षित कार्यक्रम वास्तविक रिटर्नी समक्ष पुर्याउन पनि माग गरेको छ ।

संगठनको दीर्घकालीन महत्वसँग जोडिएका विषयहरुमा साझा दृष्टिकोण निर्माणका हेतु आयोजित विशेष छलफलसहितको स्थायी कमिटीको मकवानपुर हेटौंडामा सम्पन्न बैठकले विभिन्न ९ वटा विषयमा वैचारिक सैद्धान्तिक बहस गरि संगठनको आगामी कार्यभार प्रष्टसँग अघि बढाएको छ ।

यसका साथमा हाम्रो पार्टीका श्रद्धेय पार्टी अध्यक्ष केपी शर्मा ओली देशको प्रधानमन्त्री नियुक्त भएकोमा बैठकले बधाईसहित सफल कार्यकालको शुभकामना प्रदान गरेको छ । हाम्रो संगठनले वर्तमान सरकारको सबै जनमैत्री कदम र कार्यक्रमको साथमा रहने प्रतिबद्धता गरेको छ ।

संगठन इन्चार्जको रूपमा निर्वाह गरेको सबै भूमिकालाई पार्टी केन्द्रीय सदस्य डा. सूर्य पाठकलाई धन्यवाद ज्ञापन गर्दै पार्टी केन्द्रीय सदस्य कृष्ण बहादुर केसीलाई सङ्गठन इन्चार्जको रूपमा स्वागत गरेको छ ।

बैठकले कार्यक्रममा सहभागि पार्टी पोलिट्ब्युरो सदस्य अच्युत मैनाली, पार्टी केन्द्रीय कमिटी सदस्य रामेश्वर राना, पार्टी मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पोखरेल, उपाध्यक्ष हिदम लामा, सचिव सीता बिष्ट, फेडेरेसनको मकवानपुर जिल्ला कमिटीलगायत सहयोगी सबैमा धन्यवाद ज्ञापन गरेको फेडेरेसनका प्रचार तथा प्रकाशन विभाग प्रमुख खेम कार्कीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *