हसिनाका कार्यकर्ताहरुले सीमा पार गर्न खोजेको भन्दै बंगलादेशमा सीमा सुरक्षा कडाई
नेपाल प्रेस
२०८१ साउन २२ गते १५:४७
काठमाडौं । बंगलादेशले आफ्नो सीमामा कडाई गरेको बताएको छ । बंगलादेशको सीमा सुरक्षा दस्ता बोर्डर गार्ड बंगलादेशले यस्तो जानकारी दिएको बंगलादेशी अखबार ढाका ट्रिब्यूनले जानकारी दिएको छ ।
समाचार अनुसार शेख हसिनाको दल अवामी लिगका नेताकार्यकर्ताहरुले भारतसँगको सीमाबाट भाग्न खोजेको रिपोर्ट पाइएकोले यस्तो गरिएको बताइएको छ । बंगलादेश बोर्डर गार्डका जनसम्पर्क अधिकृत शारिफिुल इस्लामलाई उदृत गरेर समाचारमा सीमा सुरक्षा बढाइएको बताइएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर