भत्ता थापेको थाहा पाएर लुट्न गएका युवाले गरे वृद्धाको हत्या – Nepal Press

भत्ता थापेको थाहा पाएर लुट्न गएका युवाले गरे वृद्धाको हत्या

सिन्धुपाल्चोकमा हत्या गरी भागेका सन्जीव काठमाडौंबाट पक्राउ

सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिका-७ खनियाबासकी ७१ वर्षीया रत्नकुमारी थापाकोहत्यामा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । साउन १८ गते बिहान ३ बजे घरमा एक्लै सुतिरहेको वृद्धाको लुटपाट गर्ने उद्देश्यले हत्या भएको अनुसन्धानको क्रममा देखिएको छ ।

हत्या आरोपी सोही गाउँका ३६ वर्षीय सञ्जीव देउजालाई पक्राउ गरिएको हो । थापासँग वृद्धभत्ताको रकम भएको थाहा पाएपछि नगद र गरगहना लुटेर विभत्स हत्या गरिएको थियो ।

झ्यालबाट छिरेर वृद्धाले दुई दिनअघि निकालेको सामाजिक सुरक्षाको १२ हजार र केही दिनअघि छोरीले सापटी फिर्ता दिएको ५० हजार गरी ६२ हजार रूपैयाँ देउजाले लुटेको प्रहरीको भनाइ छ । करिब ३ तोला सुन पनि लुटेको र आफ्नो पोल खुल्ने डरले कुटपिट गरी हत्या गरेर उनी काठमाडौं भागेको सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

घटनाको अनुसन्धानका लागि प्रहरीले तालिमप्राप्त कुकुरको सहयोग लिएको थियो ।

‘प्रहरीको केनाइन टोलीसहितको अनुसन्धानबाट ४ दिनमै (साउन २१) अभियुक्तलाई काठमाडौंको गोंगबुबाट पक्राउ गर्न सफल भयौं,’ एसपी खड्काले भने ।

वृद्धाको हत्यालाई लिएर सदनमा समेत कुरा उठेपछि प्रहरीमाथि दबाब बढैको थियो । देउजाले पैसा छ भन्ने थाहा पाएपछि आफू त्यहाँ गएको र पछि थाहा पाउने डरले हात बाँधेर हत्या गरेको प्रारम्भिक बयान दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर