भारतसँग बंगलादेश बारको आग्रह- हसिना दिदीबहिनीलाई पक्राउ गरी हामीलाई बुझाउनुहोस्
काठमाडौं । सोमबार देश छोडेर भागेका पूर्वप्रधानन्त्री शेख हसिना तथा उनकी बहिनी शेख रेहानालाई स्वदेश फर्काउन बंगलादेश बारले माग गरेको छ ।
बंगलादेशको सर्वोच्च अदालत बारका सभापति एएम माहुब उदिन खोकोनले यस्तो आग्रह गरेका हुन् । बंगलादेशको अखबार डेली स्टारका अनुसार दुई देशको सम्बन्ध सुमधुर बनाउने हो भने भारतले यसमा सहयोग गर्नुपर्नेछ ।
सभापतिले भनेका छन्, ‘हामी भारतीय जनतासँग राम्रो सम्बन्ध बनाउन चाहन्छौं । हाम्रो देश छोडेर भागेका शेख हसिना र शेख रेहानालाई कृपया पक्राउ गरेर बंगलादेशलाई बुझाइदिनु होला । शेख हसिनाले बंगलादेशमा धेरैलाई मारेकी छन् ।’
७७ वर्षकी शेख हसिना र उनकी ६८ वर्षे बहिनी शेख रिहाना अहिले भारतको शरणमा छन् । रिहाना सधैँ दिदीको साथमा हुन्छिन् । विदेश भ्रमणदेखि भारत शरणसम्म उनी साथैमा थिइन् ।