सम्पत्ति विवरण पेश नगर्ने सरकारी कर्मचारी र पदाधिकारीबाट जरिवाना संकलन गर्न राष्ट्र बैंकको निर्देशन – Nepal Press

सम्पत्ति विवरण पेश नगर्ने सरकारी कर्मचारी र पदाधिकारीबाट जरिवाना संकलन गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले समयमै सम्पत्ति विवरण सार्वजनिक नगर्ने सरकारी कर्मचारी र पदाधिकारीबाट जरिवाना रकम संकलन गर्न वाणिज्य बैंकहरुलाई निर्देशन दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र अनुसार आर्थिक वर्ष २०७९/८० को सम्पत्ति विवरण फाराम भरी तोकिएको समय भित्र पेस नगर्ने सार्वजनिक पद धारण गरेका पदाधिकारी तथा कर्मचारीहरूले जरिवाना बापत तिर्ने ५ हजार रुपैयाँ संकलन गर्न दिएको जिम्मेवारी अनुसार राजस्व संकलन गर्न केन्द्रीय बैंकले वाणिज्य बैंकहरुलाई निर्देशन दिएको हो ।

आयोगले साउन १६ गते देशैभरि बाट जरिवाना बापतको राजस्व उठाउन राष्ट्र बैंकलाई अनुरोध गर्ने निर्णयसहित पत्राचार गरेको थियो ।

संघीय राजस्व खाता नम्बर १४३१२ खुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयको कोड समेत उल्लेख गरी ७७ वटै जिल्लाबाट राजस्व जम्मा गर्न सकिने व्यवस्था मिलाउन सरकारी कारोबार गर्ने सबै बैंकहरुलाई भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *